दिप प्रज्वलन गरेर लिबि मन्च झापाले मनायो स्थापना दिवस।

दिप प्रज्वलन।

समाचार डेस्क/लिम्बु बिध्यार्थि मन्चको २२ आैं स्थापना दिवसमा”मात्रृभाषा ब्यवहारिक शिक्षा हाम्रो अभियान,संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वयत लिम्बुवान”भन्ने मुल नारा सहित आज झापा जिल्ला शाखाले दमक स्थित फाल्गुनन्द चोकमा महागुरु फाल्गुनन्द ज्युको सालिक बरिपरि १०८ आेटा बत्ति बालेर स्थापना दिवस मनाएको झापा जिल्ला अध्यक्ष सागर साम्बाले बताए।

कार्यक्रमका प्रमुख अतिथी लिबि मन्चका केन्द्रीय महासचिव गुल्सन आङबोहाङ,अतिथी समाजसेबी बिक्रम फागो,किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङको अतिथिय रहेको थिए भने कार्यक्रमको सभापतित्व जिल्ला अध्यक्ष सागर साम्बले गरेका थिए ।त्यस्तै कार्यक्रम संचालन भने  लिबि मन्चका झापा जिल्ला शाखा उपाध्यक्ष दिल हाङ सम्बाहाम्फेले गरेका थिए।

लिबि मन्च झापा शाखा सदस्यहरु।

प्रमुख अतिथिले लिम्बु समुदायको लागी स्थपनाकाल देखी नै लिबि मन्च निरन्तर लागी परेको र कोरोना भाइरसको कारण अन्य कार्यक्रम नगरे पनि झापा शाखाले यस्तो सिर्जनात्मक कार्यक्रम आयोजना गरेको लागी धन्याबाद प्रकट गर्नु भएको थियो।

छिमेको देश चिनबाट फैलिएको कोरोना भाईरसले गर्दा अन्य कार्यक्रम गर्न सरकारबाट रोक लगाईएको कारण सरकारको अभियानलाई सम्मान गर्दै अन्य कार्यक्रमलाई स्थगित गरेर दिप प्रजलन गरि सस्थाको स्थपना दिवस मनाईएको लिबि मन्च झापाको अध्यक्ष सागर साम्बाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial