भारतीय पैसा सहित पक्राउ।

समाचार डेस्क/त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–वीरगञ्ज सडकखण्डको स्थानीय राटोमाटेबाट प्रहरीले आज बिहान ५ बजे जाँच गर्ने क्रममा भारतीय नम्बरको बोलेरो जीपसहित दुई भारतीयलाई नियन्त्रणमा लिएको छ। अभियुक्तका साथबाट भारु नौ लाख ९९ हजारसहित हिरासतमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको थियो ।

पक्राउ पर्नेमा भारत बैरातपुरको पैरोसव बस्ने ३१ वर्षीय विजय चौधरी र भारत नहेटीको ग्राम पञ्चायत माउतपुर बस्ने ३८ वर्षीय शङ्कर सरकार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरु दुवैलाई पश्चिमबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा डब्लुबी २३ ई २३३३ नंको भारतीय बोलेरो जीपलाई हेटौँडा–१५ रातोमाटेबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले बताउनुभयो । प्रहरीका अनुसार दुवैलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउन लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial