धिमाल विद्यार्थी मन्चका महासचिव सुनिल धिमाल लगायतलाई कारबाही।

समाचार डेस्क /धिमाल जातीय विकास केन्द्रका केन्द्रिय सदस्य तथा अठियाबारी गाउ टोल समितिका इन्चार्ज रामप्रसाद धिमाल माथि आक्रमण गर्ने धिमाल विद्यार्थी मन्चका महासचिव सुनिल धिमाललाई पदबाट निलम्बन गर्दै संस्थाको कुनै पनि तहमा २ कार्यकाल रहन नपाउने गरि कार्बाहि गरिएको छ ।

चैत्र ३ गते सोमबार धिमाल जातीय विकास केन्द्र, केन्द्रिय सचिवालयको आकस्मीक बैठकले आक्रमणको भत्र्सना गर्दै, आक्रमण गर्ने धिमाल विद्यार्थी मन्चका केन्द्रिय महासचिव सुनिल धिमाललाई पदबाट निलम्बन गर्दै संस्थाको कुनै पनि तहमा २ कार्यकाल रहन नपाउने गरि कार्बाहि गरिएको हो । केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल र महासचिव केदार धिमालद्धारा जारि विज्ञप्तीमा सो घटनालाई उत्तेजित बनाउने मोरङ जिल्ला सदस्य धनराज धिमाललाई समेत निलम्बन गर्दै १ कार्यकाल संस्थाको कुनै पनि पदमा रहन नपाउने गरि कार्बाहि गरिएको छ । त्यस्तै अठियाबारी टोल समितिका साधारण सदस्य अनिल धिमाललाई समेत १ कार्यकाल संस्थाको कुनै पनि पदमा रहन नपाउने गरि कार्बाहि गरिएको छ ।

विज्ञप्तीमा केन्द्रिय सदस्यलाई आक्रमण गर्ने सुनिल धिमाललाई कानुनि कार्बाहिको समेत माग गरेको छ । त्यस्तै बर्खास्तमा परेका सुनिल धिमालले समेत प्रेस विज्ञप्ती जारी गर्दै घटनामा केन्द्रिय सदस्यलाई हात लाग्न गएकोमा क्षमा याचना गरेको छ । बर्खास्तमा पर्ने सुनिल धिमाल, नेकपा उर्लाबारी नगर समितिका सदस्य, अनेरास्ववियु मोरङका सदस्यत तथा उर्लाबारी बहुमुखी क्याम्पसका स्ववियु सचिव समेत हुन् । त्यस्तै धनराज धिमाल उर्लाबारी नगरपालिकाको कार्यपालिका सदस्य हुन् ।

आक्रमण गर्ने सुनिल धिमाललाई इलाका प्रहरी कार्यालय, उर्लाबारीले नियन्त्रणमा लिएको छ । सुनिललाई बचाउन नेकपाका स्थानिय नेताहरुको इलाका प्रहरी कार्यालयमा बाक्लो उपस्थिती देख्न सकिन्छ । भने पिटाई खाने व्यक्ति समाजवादी पार्टिका केन्द्रिय सदस्य समेत रहेकाले समाजवादी पार्टिका स्थानिय नेताहरुको समेत चहलपहल देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial