सत्तारुढ दलको प्रस्तावित नाम पनि अस्विकृत।

समाचार डेस्क/प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेश सभामा दर्ता गराइएको चार वटा प्रस्तावहरुमध्ये ‘मधेश’ नाम पनि अस्वीकृत भएको छ। सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को संयुक्त प्रस्ताव रहेको ‘मधेश’ नाम पनि अस्वीकृत भएको हो।

‘मधेश’ नामको पक्षमा ६० मत खसेको थियो। १२ मत नपुग्दा उक्त नाम स्वीकृत हुन सकेन।यसअघि ‘मध्यमधेश’ नाम पनि अस्वीकृत भएको थियो। ‘मध्यमधेश’ नामलाई ४२ मत खसेको थियो। कांग्रेस सांसद राजेश्वरप्रसाद साहले पार्टीको निर्णयविपरीत सो प्रस्ताव दर्ता गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial