प्रदेश २ मा ४ नाम दर्ता भने नेकपा र काङ्ग्रेसले गरेको दुई नाम अस्विकृत तेस्रोमा मतदान हुँदै।

समाचार डेस्क/प्रदेशको नाम र राजधानी छनोट गर्न प्रदेश २ मा गोप्य मतदान सुरू भएको छ।

सर्वसम्मत नभएपछि मतदानबाट नाम र राजधानी तोक्न लागिएको हो। सभामुख सरोजकुमार यादवले प्रदेश सभाका सचिव रन्जित कुमार यादवलाई निर्वाचन अधिकृत तोकेका छन्।

निर्वाचनको परिणाम आजै सभामा बुझाउन सभामुखले अर्को बैठक बोलाएका छन्। नाम र राजधानी तोक्न प्रदेशसभाको दुईतिहाइ मत चाहिन्छ।

प्रदेश सरकारमा सहभागी राजपाले नाम मधेश प्रदेश राख्न र राजधानी जनकपुर राख्न आफ्ना सांसदलाई ह्वीप लगाएको छभने नेपाल कम्युनिष्ट पार्टीले प्रदेशको नाम जानकी राख्न माग गरेको छ। उसले राजधानी जनकपुर नै उचित हुने बताएको छ।
नेपाली कांग्रेसका सांसदले प्रदेशको नाम मिथिला भोजपुरा राख्न माग गरेका छन्।

प्रदेश सरकारमा सहभागी राजपाले नाम मधेश प्रदेश राख्न र राजधानी जनकपुर राख्न आफ्ना सांसदलाई ह्वीप लगाएको छ भने
राजधानी जनकपुर राख्न कांग्रेस सहमत छ। प्रदेशसभामा समाजवादीको ३०, राजपा २५, नेकपा ३२, कांग्रेस १९, नेपाल संघीय समाजवादीका एक सांसद छन्।
यो पनि:

अहिलेसम्ममा दुई प्रस्ताव अस्विकृत।

नेकपाले प्रस्ताव गरेको प्रदेश दुईको नाम जानकी अस्वीकृत भएको छ।प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा दर्ता गराइएका चार प्रस्तावमध्ये नेकपाले गरेको पहिलो प्रस्तावमा जम्मा ३७ मत आएको छ।

१०७ सांसद रहेको सो प्रदेश सभामा राजधानीको नाम स्वीकृत हुन दुई तिहाई अर्थात ७२ मत आवश्यक पर्छ। प्रदेश सभाको भवनमा जारी मतदानमा नेकपाका प्रदेशसभा सदस्य रामकुमार यादवले प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए।

प्रदेश नम्बर दुईमा नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको छ। १९ सांसद रहेको कांग्रेसको प्रस्तावको पक्षमा २८ मत आएको हो।

प्रदेश सभा बैठकमा आज नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य नरेश प्रसाद यादवले प्रदेशको नामाकरणका लागि मिथिला भोजपुरा प्रदेशको प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए।

अहिले ‘मध्य मधेश प्रदेश’को लागि मतदान हुँदैछ। जसका लागि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial