भारतका पूर्वप्रधानन्यायाधीश राज्य सभा सदस्य मनोनीत।

एजेन्सी / भारतका पूर्वप्रधानन्यायाधीश रञ्जन गोगोईलाई राज्यसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति रामनाथ कोविंदले भारतीय सञ्चार माध्यामहरूलाई जनाएका छन्।

राष्ट्रपति कोविंदले संविधानले दिएको अधिकार प्रयोग गर्दै रिक्त एक सदस्यको पदमा उनलाई मनोनित गरेको भारतीय गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ।

गोगोईले गएको नोभेम्बरमा प्रधानन्यायाधीशबाट अवकाश लिएका थिए।  अवकाश लिनु अघि उनले लामो समयदेखि विवादमा रहेको अयोध्याको बाबरी मस्जिदको मुद्दामा फैसला गरेका थिए।बाबरी मस्जिद भएको जग्गामा बन्ने मन्दिर गठित समितिको नाममा हुने र मस्जिद बनाउन अर्कै ठाउँमा पाँच एकर जमिन दिने फैसला उनले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial