औषधी, खाद्यवस्तु, अत्यावश्यकीय वस्तु लगायतको अभाव छैन-रोम ओलि

समाचार डेस्क/झापाको दमक नगरपालिकाका मेयर सहितको टोलीले आज आईतबार बजार अनुगमन गरेको छ।विश्व उपभोक्ता दिवशको अवसरमा दमक बजारमा रहेका पसलहरुमा अनुगमन गरिएको हो ।

अनुमनका क्रममा बजारमा छ्याप्छ्याप्ती अखाद्य तथा उपभोग मिति गुज्रिएका बस्तु विक्रिका लागि राखिएको भेटिएको छ ।अनुगमनका क्रममा विभिन्न ब्राण्डका पेयपदार्थ, जंकफुड, मसला, प्याकिङ मासु लगायतका खाद्यवस्तुहरु उपभोग मिति गुज्रीएको भेटिएको हो ।

तर अनुगमनका क्रममा उपभोग्य बस्तुको अभाव नदेखिएको भए पनि उपभोग्य बस्तुमा मिति गुज्रिएको भए पनि विक्रिका लागि राखेको पाईएको बजार अनुगमन समितिका संयोजक भिम पौडेलले जानकारी दिए । अनुगनका क्रममा भेटिएका उपभोग मिति गुज्रीएका खाद्य वस्तुहरु अनुगमनकै क्रममा नष्ट गरिएको छ ।

नगर प्रमुख रोमनाथ ओलीले यस अघि नगरपालिकाले विभिन्न समयमा अनुगमन गरेको र यस पटक भने कोरोना भाईरसको प्रभावका कारण बजारमा सिर्जना भएको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएकोे बताए । अनुगमनका क्रममा बजारमा औषधी, खाद्यवस्तु, अत्यावश्यकीय वस्तु लगायतको अभाव नदेखिएको पाईएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial