ट्याक्टर दुर्घटनामा एकको मृत्युु।

समाचार डेस्क / भोजपुरको दुम्मानामा शुक्रवार साँझ ट्क्टर पल्टदा एक जानको मृत्यु भएको छ  । मृत्यु हुनेमा सोही ट्याक्टरका सहचालक तेजबहादुर बस्नेतको मृत्यु भएको हो । ट्याक्टरमा गाउँका दर्जन बालबालिका चढेको थिए । तर दुर्घटनामा उनिहरु सामान्य घाईते मात्र भएको प्रत्यक्षदर्शी गाँउलेले बताएका छन् ।भोजपुरको साविकको दुम्माना वडा २ हाल आमचोक गाउँपालीका वडा ९ माझाखानी सिम्लेवारीमा ना ३ त ८७५१ ट्याक्टर पल्टिएको हो ।

साझ सात बजेको समयमा भएको दुर्घटनामा सोही ट्याक्टरका सहचालक बोक्सेटारका १८ बर्षको तेजबहादुर बस्नेतको मृत्यु भएको हो । ट्याक्टरमा दर्जन जना जति बालबालिका चढेको र दुर्घटनामा केही सामान्य घाईते मात्र भएको प्रत्यक्षदर्शी गाँउलेले बताएका छन् । मालबासेबाट बोक्सेटार तर्फ जादैँ गरेको ट्याक्टर दुर्घट्ना भएपछि चालक भने फरार भएको बताईएको छ । आमचोक–रानीटार सडक निर्माणको काममा ढुंगा बोक्ने ट्याक्टर दुर्घटनामा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial