ठूला योजना मध्ये विजयपुरका मन्दिरहरु र दरवार क्षेत्र पनि रहेको छ ।

समाचार डेस्क/ धरान उपमहानगरपालिकाले पर्यटकिय विकासका साथै धरानको दिर्घकालिन ठूला योजनाका रुपमा ९ वटा योजनाहरु अघि सारेको छ । दिर्घकालित योजनाका रुपमा अघि सारिएको उक्त योजनाहरु धरानको लागि महत्वाकांंक्षी छन् । ती योजनाहरुको विस्तृत सर्भेक्षण रिपार्ट डिपीआर तयार गरी त्यसको डिजायन समेत तयार गर्न उपमहानगरपालिकाले नियुक्त गर्न सक्ने परामर्शदाताहरुको सूचि प्रकाशित गरेको छ । धरानको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उक्त योजनाहरुको डिपिआर तयार गर्दा सम्बन्धित क्षेत्रका सरोकारवालाहरु बाट योजनास्थलमा दिर्घकालिन प्रभाव पर्नसक्ने कुराहरु बारे सुझाव लिन जरुरी हुन्छ । प्रारम्भिक चरणमा रहेको उक्त योजनाहरुका प्राविधिक अध्ययन गरी विस्तृत योजना प्रतिवेदन तयार गर्न परामर्शदाताका लागि उपमहानगरपालिकाले आशयपत्र आव्हान गरेको हो । त्यही आधारमा इच्छुक परामर्शदाताहरुको प्रस्तुत गरेका आशयपत्रहरु मध्ये २२ परामर्शदाता कम्पनी प्रारम्भिक छनौटको सूचिमा राखिएको उपमहानगरपालिकाको सूचनामा छ । ढिलोचाँडो उक्त योजनाहरुका डिपीआर तयार गर्न उपमहानगरपालिको सोही सूचि मध्येका परामर्शदाताहरु लाई नियुक्त गर्न सक्दछ ।

धरानमा बन्ने ठूला आयोजनाहरुका बारेमा योजनाको डिपीआर बनाउनु अघि सरोकारवालाहरुले चासो नराख्ने तथा सम्बन्धि सरोकारवालाहरु संग योजना बन्ने क्रममा यथार्थ कुरा बुझाउन पर्याप्त छलफल गरी पूर्व स्विकृती नलिइदा विवादमा पर्ने गरेका छन् । त्यस्तो विवाद बढेर आन्दोलन समेत गरिने र अन्ततः योजना प्रभावित हुने उदाहरणहरु धरानबासीको सामुन्ने छ । यस्ता दुर्भाग्यपूर्ण उदाहरणहरुले धरान विकासका सवालमा निकै पछि पर्दै आएको छ । पछिल्लो समय धरान–२० विष्णुपादुका स्थित चिण्डे डाँडामा शाहसीक खेल प्याराग्लाइडिङको प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना यस्तै एक उदाहरण हो । उक्त योजना लाई निकै महत्व दिएको उपमहानगरपालिकाले यस अघिनै विद्युत प्राधिकारण लाई हाइटेन्सन विद्युत लाइन विस्तारका लागि स्विकृति दिएको र त्यसै आधारमा जग्गाको मुआब्जा समेत वितरण भैसकेको पाइएको थियो । त्यहाँका सरोकारवालाहरुले जग्गाको मुआब्जा बुझेपछि उनिहरुका साँभ सिमानावालहरु लाई प्रभावित गर्नसक्ने विद्युतिय प्रसारण लाई त्यहाँ बाट लैजान्छ भन्ने थाहा थिएन । अन्ततः धरान लाई शाहसीक खेल पर्यटनको गन्तव्य बनाउन सक्ने योजना तुहिएको हो ।
यसैगरी एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको धरान खानेपानी आयोजनाको एउटा रिजभ्र्वायर ट्याङकी विजयपुर स्थित दरवारस्थलमा बनाइने योजना बारे डिपीआर बनाउँदा सरोकारवालाहरु संग पूर्व छलफल गरिएन । ट्याङकी बनाउन थालेपछि भने सरोकारवालाहरु झस्किए । योजना अनुसार उक्त ठाउँमा बन्ने ट्याङकी बाट विजयपुर लगायत छेउछाउका वस्ती लाई खानेपानी आपूर्ति गर्न सहज हुन्थ्यो । तर सरोकारवालाहरुले आन्दोलन गरेपछि योजना प्रभावित भयो । परिणाम स्वरुप अहिले सम्म उक्त ट्याङकी बन्न सकेको छैन् । यसैरी धरानमा एयरपोर्ट बनाउनका लागि नीजि कम्पनीले धरान नगरपालिकाकै पहल र सहजीकरणमा सस्तोमा जग्गा प्राप्त ग¥यो । एयरपोर्ट बन्ने विश्वासमा हौसिएका स्थानियबासी लाई एयरपोर्ट बन्नका लागि कानुनी प्रावधान, सरकारी नीति निर्भर हुन्छ भन्ने पूर्ण जानकारी दिइएन । सरोकारवालाहरुले पनि त्यसका बारेमा गम्भिर चासो राखेनन् र विज्ञहरु संग बुझ्ने छलफल गर्ने आवश्यकता ठानेनन् । अहिले पनि एयरपोर्ट बन्ने र नबन्ने विवाद भने कायमै छ । धरान बसपार्कको डिपिआर तयार भएपजि योजना कार्यान्वयनमा सरोकारवालाहरु अझै असन्तुष्ट छन् । 

तसर्थ डिपीआर तयार गर्दाका अवस्थामा नै सरोकारवालहरुले गम्भिर चासो नदेखाए तथा सम्बद्ध पक्ष उपमहानगरपालिकाले सरोकारवालाहरु संग उनिहरुको चित्त बुभ्ने गरी छलफल नगरेमा प्रस्तावित योजनाहरुमा अवरोध उत्पन्न हुन सक्दैन भन्ने अवस्था छैन् । यस्तो अवस्था फेरी दोहारिदैं गएमा धरानको विकास र निर्माणमा ठूला आयोजना आउने सम्भावना क्षिण हुनसक्छ । सामान्य जानकारीहरु सामाजिक सञ्जालमा राखेर व्यापक प्रचार गर्ने उपमहानगपालिकाले धरानको विकासमा महत्व्पूर्ण भूमिका खेल्नसक्ने ठूला योजनाको डिपीआर बन्दैछ भन्ने सूचना लाई त्यस्तो महत्व दिएको देखिदैन । यसबारे उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरेर जानकारी दिने आवश्यकता पनि ठानेन् । स्थानिय पत्रपत्रिका, अनलाइनहरुमा उक्त ‘जानकारीको लागि सूचना’ दिइएको छैन् । काठमाण्डूको एक दैनिकमा प्रकाशीत उक्त सूचना योजना संग सम्बद्ध सरोकारवालाहरु सम्म पुग्ने कुरामा आशंका छ । तसर्थ यस्ता कुराहरुमा सरोकारवालाहरुले आफै चासो दिने आवश्यकता बढेको हो ।       

उपमहानगरपालिकाले ठूला योजनाको रुपमा अघि सार्दै डिपिआर तयारीका लागि जारी गरेका याजनाहरु निम्न छन्– १.सप्तरंगी पार्क (९ प्लस ४) विघा, धरान १७, मास्टर प्लानको तयारीको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने । २. साइन्स सिटी पार्क, धरान १३ को विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने । ३. औद्योगिक ग्राम र पार्क विकास, धरान–६ को विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने । ४. विजयपुरका मुख्य मन्दिरहरु र त्यस्ले चर्चेका एरिया र विजयपुर दरबार एरिया, धरान १४ विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने । ५. शिवजटा पर्यटकीय क्षेत्र विकास धरान–४ को विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने । ६. कोकाखोला क्षेत्र धरान २० को विकासका लागि विस्तृत अध्ययन गर्ने । ७. रक क्लाइम्बिङ क्षेत्र विकास धरान २० को विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने । ८. सौघाटार हाउस धरान–८ को विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने । ९. भक्तराज कन्दङवा मेमोरियल क्रिकेट स्टेडियम निर्माण धरान–१५को विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने । उक्त योजनाहरुका लागि उपमहानगरपालिकाले आशयपत्र आव्हान गरेको आधारमा आशयपत्र दाखिल गर्ने परामर्श दाताहरु मध्ये प्रिक्वालिफाइड भएका २२ कम्पनीहरु छन् । सबै परामार्श दाता कम्पनीहरु काडमाण्डू, ललितपुरको ठेगाना भएकाहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial