कोरोना भाइरसबाट आतंकित नहुन देशबासीलाइ अग्रह।

समाचार डेस्क / कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रहरु मिलेर रणनीति बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव आएको एक दिनपछि बल्ल पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मुख खोलेका छन् । तर, उनले आफ्नै देशवासीलाई मात्र सम्बोधन गर्दै डराउनु नपर्ने बताएका छन् ।

साँझ ट्वीटमार्फत् खानले आफूले कोरोना भाइरसको अवस्थालाई नजिकबाट नियालिरहेको भन्दै त्यसबारे देशवासीलाई छिट्टै सम्बोधन गर्ने बताए । खानले भने, ‘म आम जनतालाई सरकारले भने बमोजिम सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्छु । सावधानी अपनाउन जरुरी छ तर आतंकित हुनुपर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial