जनकपुर-जयनगर रेल्वे संचालन गर्ने तयारीमा सरकार-मन्त्री नेम्बाङ

समाचार डेस्क/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ्गले यसै  आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालनमा ल्याउने तयारीमा सरकार रहेको बताउनुभएको छ । जनकपुर जयजगर रेल्वेको शुक्रबार निरीक्षण गर्न जनकपुर पुगेका नेम्वाङ्गले आगामी ३–४ महिनाभित्र रेल सञ्चालनमा ल्याएरै छोड्ने प्रतिबद्धता जाहेर गर्नुभयो। जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै आर्थिक वर्षदेखि रेल चल्ने नेम्वाङ्गले बताउनुभएकाे छ ।

‘रेलमार्ग तयार भइसकेकाले विदेशबाट दक्ष कर्मचारी मगाएर पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा बर्दिबाससम्म र पछि निजगढसम्म रेल गुड्ने छ’ उहाँले भन्नुभयाे । मन्त्री नेम्वाङ्गका अनुसार रेल गुडाउन ५–७ जनाको प्राविधिक टोली मात्र भारतबाट ल्याइनेछ । रेल सञ्चालन गर्न २६० कर्मचारीको माग गरिने पनि उहाले बताउनु भयो।

‘यहाँ दक्ष प्राविधिक तयार भइसकेपछि भारतीय टोली फर्किनेछन् र अन्य कर्मचारी नेपाली नै रहनेछन्’ कर्मचारी व्यवस्थापन गर्न समस्या नहुने उहाँले उल्लेख गर्नुभयाे । मन्त्री नेम्वाङ्गसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, रेल्वे विभागका महाप्रबन्धक बलराम मिश्र लगायतका सराेकारवालाहरू निरीक्षण टोलीमा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial