समाचार डेस्क/नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्य शेखर कोइरालालाई टेलिफोन मार्फत पार्टीका प्रशिक्षण कार्यक्रम रोक्न आग्रह गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयले कोरोना भाइरसबारे चेतना आवश्यक रहेको भन्दै गत फागुन २१ गते अर्को सूचना जारी नगरेसम्म पार्टीका प्रशिक्षणलगायत कार्यक्रम स्थगित गरेको थियो।
तर केन्द्रीय सदस्य कोइराला शुक्रबार गोरखामा पार्टीको संशोधित विधान तथा नियमावलीमा थप भएका नयाँ प्रावधानको विषयमा एक दिने प्रशिक्षण दिन पुगेका थिए। केन्द्रीय कार्यालयले प्रशिक्षणजस्ता कार्यक्रम स्थगित गर्न दिएको निर्देशन कोइरालालाई स्मरण गराइएको प्रबक्ता शर्माले बताए।