किराबी संघको बिबादको असर जिल्लामा पनि देखिन थाल्यो।

किराबी संघको झण्डा।

समाचार डेस्क/ किरात राई विद्यार्थी संघको केन्द्र स्तरका बिबाद असर  सुनसरी जिल्लामा पनि देखिन थालेको छ ।

बिहीबार जीतेन राई नेतृत्वका विद्यार्थीहरुले धरानमा जिल्लाको सातौं सम्मेलन गरेका थिए । सम्मेलनबाट निता राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन गरिएको थियो । तर, संघको सुनसरी जिल्ला सचिव चन्द्र किरातीले प्रेस विज्ञप्ती जारी गर्दै एकलौटी रूपमा गरिएको यस्ता जिल्ला सम्मेलन स्वीकार नगर्ने बताएका छन।उनी रामचन्द्र राई नेतृत्व पक्षधर हुन् ।

जारी परएश बिज्ञापति।

जीतेन राई पक्षधरले आफू लगायत कार्य समितिको बहुमत पदाधिकारी र सदस्यहरुलाई जानकारी नै नगरी संघको विधान विपरीत सम्मेलन गरेको दाबी सचिबले गरेका छन।केही ब्यक्तिहरुले जीतेन राई पक्षलाई उचालिरहेको रामचन्द्र राई पक्षको आरोप छ ।

‘यस्ता कार्यले संघको गरिमामा गम्भीर आँच पुर्याउने साथै संघको लोकप्रियता समेत गुम्ने खतरा बढेर गएको छ । यसर्थ, यस्ता घृणित कार्य तत्काल रोक्न हामी सम्बन्धित पक्षलाई सुझाव गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।संघको कथित जिल्ला सम्मेलन बारे भ्रममा नपर्न आग्रह समेत गरिएको छ । सचिव किरातीले चाडै नै सुनसरी जिल्लाको आधिकारिक सातौं सम्मेलनको मिति र स्थान तोकिने समेत उल्लेख गरेका छन् ।

बिहीबार जीतेन राईकै उपस्थितिमा जिल्ला सम्मेलन भएको हो । जसमा रामचन्द्र राई पक्षधरका पदाधिकारी र सदस्यहरुलाई बाइपास गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial