अब लिम्बुवानमा अधेबेरी ल्याउनुपर्ने।

समाचार डेस्क/आज बिर्तामोड स्थित नयाँ बस पार्कको b&y होटेलमा चार लिम्बुवान जन्य संगठनको नेतृत्वमा “अरुण सप्तकोसी पुर्ब छुट्टै लिम्बुवान राज्य स्थापना एंब बर्तमन उपनिबेशिक स्वच्छचारी भ्रष्ट सरकार विरुद्ध आन्दोलनको तयारी”बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको अध्यक्षता मित्र लिङ्देनले गरेक थिए, जो लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीका अध्यक्ष समेत हुन।त्यस्तै कार्यक्रमका प्रमुख अतिथिय वीर नेम्बाङले गरेका थिए।उनि संघिय लिम्बुवान पार्टी नेपालका सर्बमान्य नेता समेत हुन भने अतिथिहरु क्रमशः संघिय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सन्जुहाङ पालुङवा,लिम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष मनिश हेल्लोक,किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष भक्त खेवाङ,साझा लिम्बुवान पार्टी नेपालका नेपालका अध्यक्ष मुक्ति दुर्गा सम्बा आदिको अतिथियमा कार्यक्रम भएको थियो।उक्त कार्यक्रम स.लि.पा नेपालका महासचिव लासिङ पालुङवाले संचालन गरेका थिए।

बोल्ने क्रममा सन्जुहाङ पालुङवाले अहिलेको बर्तमन संबिधानलाई हामीले प्रत्येक बर्ष जलाएको छौ।उनले थप्दै भने “लिम्बुवान बिनाको संबिधान मान्दैनौं”भन्ने पर्चा पम्प्लेट अझै पनि मेरो घरमा टासिंएको छ।लिम्बुवान संग जोडिएर आउने किरात,खम्बुवान यस्ता नामहरु हामीलाई कदापि मान्यता हुनेछैन। हामीलाई स्वतन्त्र लिम्बुवानमात्र चाहिएको समेत उनले बताए।

त्यस्तै बोल्ने क्रममा भक्त खेवाङले कि.य.चुको भर्खरै सम्पन्न राष्ट्रिय भेलाले समेत खुलेर लिम्बुवानको वकालत गर्ने निर्णय गरेको बताए उनले थप्दै भने धर्मको सवलमा किरात धर्मलाई नै मानेर जाने फेरि पनि कसैले अरु केही धर्म मान्छ भमे पनि बिरोध,टीकाटिप्पणी नगर्ने निर्णय भएको बताए।लिम्बुहरुको साझा पोसाक तागा मेख्ली रहने जस्ता कुराहरू संस्थागत निर्णय भएको उनले बताए।समाजबादी पार्टीको केही राई साथीहरुले लिम्बुवान उच्चारण गर्न अप्ठ्यारो मानेको समेत बताए।

त्यस्तै बोल्ने क्रममा मनिस हेल्लोकले थोर धेर जे भए पनि हामी आन्दोलनको सुरुवाती दिनमै ढल्किरहेको बताए।लिम्बुवानमा लिम्बुवान प्राप्तिको लागि यस्ता सानो ठुलो अन्तरक्रिया,बहस कार्यक्रमहरु हुनु जरुरी छ जसले जनतालाइ जागरुक बनाउने बताए।अहिले सम्म हामीले लिम्बुवान मागी मात्र रहेको छ तर पाएको छैनौं अब भने कि त मार कि त मरको आन्दोलन निति हुनुपर्ने समेत बताए।अब लिम्बुवानमा आन्दोलनको आधिबेरी ल्याउनुपर्ने समेत उनले बताए। उनले थप्दै आक्रोश भाबमा भने लिम्बुवान भुमि र लिम्बुवानका बिरोधिहरु जो कोहिलाई शल्यक्रिया गर्नु पर्ने जरुरी देखिएको समेत बताए।

अन्त्यमा प्रमुख अतिथि वीर नेम्बाङले अब हामीसंग एक हुनु भन्दा अरु कुनै विकल्प नरहेको बताउदै पछिल्लो राजनैतिक घटना क्रमलाइ समेत विश्लेषण गरेका थिए भने मित्र लिङदेनले कार्यक्रममा उपस्तिथि भइ दिएको सम्पुर्ण लाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरेको थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial