संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकि पत्नीको नाम जोडिए पछि।

समाचार डेस्क/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नर्सिङ काउन्सिलमा नाम निकालिदिने भन्दै घुस बार्गेनिङ भएको विषयमा श्रीमतीको नाम जोडिएकोमा आपत्ति जनाएका छन् ।

बरालले एक नर्सलाई नाम निकालिदिने भन्दै तीन लाख रुपैयाँ घुस मागेको च्याट सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो ।उनले रजिस्ट्रार घिमिरेलाई एक लाख ५० हजार दिनुपर्ने भन्दै लेखेकी थिइन् ।यही विषयलाई जोडेर समाचार आएपछि मन्त्री भट्टराईले आपत्ति जनाएका हुन् । उनले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ । षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला ।’ घिमिरे नर्सिङ काउन्सिलकी रजिस्ट्रार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial