जनमुक्तिको बिरोध प्रदर्शन।

समाचार डेस्क/ रुपन्देहीको युग कोटि स्थित शंकर नगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बिधान बिपरीत अधिबेशन गर्न लागेको भन्दै राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर समितिले बुधबार बिरोध प्रदर्शन गरेको हो ।

संस्थाको छैंठौं अधिबेशनकालागि कार्यसमितिलेनै निर्वाचन मण्डल गठन गर्नुपर्ने बिधानको ब्यवस्था बिपरीत निर्वाचन मण्डलको जिम्मेवारी नेकपा र नेपाली कांग्रेसलाई सुम्पिने निर्णय गरेको भन्दै पार्टीले त्यसप्रति आपत्ति जनाएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी आन्दोलन परिचालन समिति तिलोत्तमाका संयोजक शंकर गाहाको अध्यक्षतामा सम्पन्न बिरोध प्रदर्शनमा पार्टीका संघीय परिषद सदस्य गिता सारु,प्रदेश समितिका उपाध्यक्ष हरीओम बिक,पार्टीका तिलोत्तमा नगर समितिका सल्लाहकार राजु राना लगायतले बोल्दै बिधिान बिपरितको निर्णय नसच्याए पार्टीले आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका थिए ।

आफ्नो दललाई बाहिर राखेर संस्थाले बिधान बिपरीत अधिबेशन गर्न लागेको कुरामा पार्टीले यस अघि यही फागुन १ गते नै संस्थालाई निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाए पनि पार्टीले राखेका माग प्रति बेवास्ता गरेकोले गर्दा बिरोधमा उत्रिन बाध्य भएको संयोजक गाहाले जानकारी दिए ।

गलत निर्णय तत्काल नसच्याए पार्टीले संस्थाको कार्यालयमा तालाबन्दी गर्नुका साथै निर्वाचन नै हुन नदिने चेतावनी समेत मगरले  दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial