राप्रपाको एकता घोषणा,आफुहरु बैकल्पिक शक्तिको निर्माण गर्ने बाटोमा लागेको नेताहरूको भनाइ।

समाचार डेस्क/पछिल्लो समय नेपालका राजनीतिक दलहरू सामुहिक नेतृत्वको अभ्यास हुन थालेका छन्।

केही समयअघिमात्र नयाँ शक्ति पार्टी र समाजवादी फोरमबीच एकता भएर बनेको समाजवादी पार्टीमा अहिले बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष छन्। राष्ट्रिय जनता पार्टी नेपालमा अध्यक्ष मण्डलबाट बेला बेलामा अध्यक्ष परिवर्तन भइ रहन्छन।

अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब सामूहिक नेतृत्वको अभ्यास गर्ने भएको छ।पार्टीमा तीन अध्यक्ष रहने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीच बुधबार राष्ट्रिय सभा घरमा एकता घोषणा भएको छ।

अब पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टी चलाउने छन्।जब नेताहरू मञ्चमा बोल्न थाले तब कार्यकर्ताले गीता पुस्तक छोएर अब पार्टी फुटाउँदिन भन्न अध्यक्षहरूलाई आग्रह गरिरहे। गीता नछोएसम्म हो-हल्ला जारी राखे।एकीकरण सहमतिपत्र आदानप्रदान गर्दा नै गीता छोएर कसम खान कार्यकर्ताले आग्रह गरे पनि सुरूमा अध्यक्षहरूले खासै चासो दिएका थिएनन्।

जब अध्यक्ष थापा बोले तब उनले खल्तीबाट गीताको सानो पुस्तक निकाल्दै भने- म कहिल्यै पार्टी फुटाइदिनँ। थापाले यसोभन्दा कार्यकर्ताले ताली बजाएर स्वागत गरे।लगत्तै बोलेका अर्का अध्यक्ष लोहनीले पनि गीता छोए। उनले भागवत गीता भन्ने शब्द उच्चारण गरेपछि कार्यकर्ताले ताली बजाएर हुटिङ गरेका थिए।यसपछि बोल्ने पालो आयो अर्का अध्यक्ष राणाको। उनले पनि गीता नछोइ धरै पाएननन्। सरकार, अहिलेको व्यवस्थाप्रति आक्रामक देखिएका राणाले हिन्दु राष्ट्र पुन: फर्काएरै छाड्ने, आफूहरूले दुई तिहाइ ल्याउनेसम्मको भाषण गरे।

दुई अध्यक्षभन्दा अगाडि बढेर अर्का अध्यक्ष थापाले राप्रपा अब कांग्रेस वा कम्युनिष्टको विकल्प भएको बताए। उनले आफूहरूले वैचारिक रूपमा पनि तेस्रो धारको नेतृत्व गरेको दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial