जस्तापातामा समेत नेकपाको राजनीति,प्रतिपक्षी मुख दर्शक।

खरको छानो

समाचार डेस्क / गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ सेउघा ठाँटीपोखराका बेल बहादुर खत्रीले आफु कांग्रेस भएकै कारण वडाले जस्तापाता नदिएको दुखेसो पोखेका छन् ।

लगातार तीन बर्ष सम्म जस्तापाताकै लागि वडाकार्यालय धाँए । पहिल्यै जस्ता पाताले छाएका छिमेकीले पनि दोहोरो जस्ता पाता पाए तर मैले पाइन’ खत्रीले भने । उनले थप्दै भने, ‘मलाई काङ्ग्रेस पार्टी भएकै कारण जस्ता पाता नदिएको हो। खरले छाएको एक तले घरमा खत्रीका पाँच जनाको परिवार बस्दै आएको छ ।’

त्यति मात्रै होइन सेउघा कि बेली गौतमलाई पनि जस्तापाताको कार्यक्रमले अझै छुन सकेको छैन । उनी अहिले ८० बर्षकी भइन् । खरकै छानामा गौतमका ४५ बर्ष बिते । उनी बारम्बार वडा कार्यालय धाउँदा पनि कसैले आफ्नो कुरा नसुनि दिएको बताउँछिन् । गौतमले आफु वडाकार्यालमा जाँदा वडाध्यक्षले उल्टै हप्काएर पठाएको कुरा समेत बताइन ।

गोतमले आफुलाई कहाँ बस्छेस् , तँ बस्ने खोलामा हो र , तँ हाम्रो मान्छे हैन , तँलाई कसरी जस्तापाता दिउँ भनेर गाली समेत गरेको दुखेसो पोखिन् । पानी आउँदा नछेक्ने खरले छाएको घरमा बसेकी ८० बर्षिया गौतमले आफुमाथि राजनिति भएको भन्दै आफु काङ्ग्रेस भएकै कारण जस्तापाता नपाएको गुनासो ब्यक्त गरिन् ।

जस्तापाता।

अझ अचम्मको करा के छ भने पहिल्यै जस्तापाताले नै छाएको घरमा पनि वडाले फेरि जस्तापाता दिएको छ । वडाध्यक्ष बिजय मरासिनीले आफुलाई निर्वाचनमा सहयोग गरेको भन्दै मनपरी हिसाबले सिफारिस विना नै जस्तापाताको दुरुपयोग गरेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का काङ्ग्रेस छाया सरकार प्रमुख लिलाधर आचार्यले बताएका छन् ।उनीहरु त प्रतिनिधि पात्र मात्र हुन।यस्ता धेरै छन।

विकासमा राजनिति कहिल्यै नगरेको बताउँदै उनले आफुमाथि झुटो आरोप लागेको बताए ।बेल बहादुर खत्री र बेली गौतमले जस्तापाता नपाएको प्रसङ्गमा आफ्नो केही कमजोरी भएको स्विकार गर्दे अबदेखी यस्तो नहुने र उनीहरुलाई तत्काल जस्तापाता दिने वडाध्यक्ष बिजय मरासिनीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial