बस्कोटाको घरमा बम बिस्फोट।

समाचार डेस्क/ पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा बुधबार विहान भएको बम बिस्फोट रिमोर्ट कन्ट्रोलको माध्यमबाट गराइएको प्रहरीले बताएको छ। घटना स्थलभन्दा पाँच सय मिटर टाढा रिमोर्ट फेला परेको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ।

बाँस्कोटाको पुरानो एक तले घरलाई थापेर तीन तले बनाउने काम भइरहेको छ। निर्माणाधीन उक्त घरमा बाँस्कोटा अहिले बस्दैनन्। मन्त्री भएदेखि नै उनी बालकोट स्थित प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका छन्। यसैगरी विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा फुटेका छन् भने छेऊमा रोकेर राखिएको बा १९ च नम्बर ४७८१ को मारूती भ्यानमा क्षति पुगेको प्रहरीले जनाएको छ।

बम विस्फोटपछि अनुसन्धानमा सिआइबी, महानगरीय अपराध महाशाखा र प्रहरी टोली जुटिरहेको छ।प्रहरीका अनुसार  बाँस्कोटाको निर्माणाधीन घरको कम्पाउण्ड भित्र पर्खालसँगै बम राखिएको थियो।विस्फोटले सो पर्खालको एउटा भाग भने भत्किएको छ। प्रेसर कुकर बमको चोइटाले घरको बाहिर भित्तामा सामान्य क्षति पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial