दमकमा टेम्पो दुर्घटना हुदा एक मृत्यु।

दमक/  झापाको दमकमा रहेको हरि ॐ कोलनीको भित्री सडक खण्डमा गए राती टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा दमक ९ का ६१ बर्षिय उम बहादुर मगर रहेका छन् ।

इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्मा अधिकारीका अनुसार मगरको उपचारको क्रममा लाईफलाइन अस्पताल दमकमा राती नै मृत्यु भएको हो ।

मे १ ह ६५८४ नम्बरको टेम्पोका चालक दिप कुमार मगरले मापासे गरेर सवारी चलाएको पाइएको ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ। चालक र टेम्पोलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यलय दमकका प्रमुख बिजयराज पण्डित बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial