उखु किसानले पाए राहत।

सुनसरी/ इस्टर्न सुगर मिलले किसानलाई भर्खरै मात्र उखुको २५ करोड रुपैयाँ तिरेको छ। मिलले सोमबारसम्म करिब १२ लाख क्विन्टल उखु क्रसिङ गरेको छ ।

‘यस वर्षको क्रसिङ सकिन लागेको छ,’मिलका नायब महाप्रबन्धक कृष्ण गौतमले बताए।उनले भने,‘यसपालि क्रसिङ सकेको १५ दिन भित्र किसानको सबै रकम चुक्ता गर्ने तयारी गरेका छौ।’

मिलले प्रति क्‍विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसाका दरले किसानलाई रकम तिर्दै आएको हो। दुई हप्ता अघि क्रसिङ गरिएको उखुको भुक्तानी सबै गरिएको र बाँकी उखुको पनि क्रसिङ गरेको दुई हप्ता पछि सबै रकम भुक्तानी गरिने उनले जानकारी दिए। यसबाहेक सरकारले किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान दिने गरेकोछ।

मिलले गत वर्ष १२ लाख ८७ हजार क्विन्टल उखु क्रसिङ गरेर किसानलाई असारमा एकमुष्ट ५२ करोड ३९ लाख ५६ हजार रुपैयाँ भुक्तानी दिएको थियो। सरकारले गत वर्षको अनुदान रकम भर्खरै दिएको कोसी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial