काङ्ग्रेस आइको प्रदेश सरकार संकटमा,सरकार फेरबदल हुन सक्ने।

ज्योतिरादित्य सिन्धिया

एजेन्सी/भारतको मध्य प्रदेशमा कंग्रेस आईको सरकार संकटमा परेको छ। भारतीय कंग्रेसका प्रभावशाली नेता ज्योतिरादित्य सिन्धियाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएपछि कमलनाथ नेतृत्वको प्रदेश सरकारमा नयाँ संकट थपिएको हो।

पार्टी महासचिव रहेका सिन्धियाले सोमबार नै पार्टीकी केन्द्रीय कार्याबाहक अध्यक्ष सोनिया गान्धीलाई राजीनामा बुझाएको छन । त्यसबारे उनले मंगलबारमात्र पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्। उनले त्याग पत्रमा जीवनको सुरूदेखि नै आफ्नो उद्देश्य राज्य र देशका नागरिकको सेवा गर्नु रहेको भए पनि पार्टीको खोल ओडेर त्यो उद्देश्य पूरा नहुने बताएका छन्।आम जनताको आकांक्षालाई पुर्ण रुप दिन आफूले नयाँ थालानी गर्न लागेको उनले त्याग पत्रमा लेखेका छन्।

राजीनामा दिएकै दिन उनले बिहान प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए। उक्त भेटघाटमा गृहमन्त्री अमित शाह पनि सहभागी थिए। त्यसैले उनलाई अब भाजापामा प्रवेश गर्न लागेको अनुमान गरेका छन्।

हिन्दुस्तान टाइम्सले स्रोतहरूलाई जानकारी दिदै भने उनी आजै साँझ भाजपामा प्रवेश गर्ने र मार्च २६ मा हुने राज्य सभा चुनावमा भाजपाबाट उम्मेदवार बन्ने जनाएको छ। 

ज्योतिरादित्य भाजपा प्रवेश गरे भने मध्यप्रदेशमा कंग्रेसको  सरकार गिर्ने  धेरै सम्भावना छ।यस अघि ज्योतिरादित्यले आफूलाई मुख्यमन्त्री नबनाएको भन्दै पटक पटक असन्तुष्टि व्यक्त गरेका थिए।

मध्य प्रदेशमा ज्योतिरादित्य पक्षका केही कंग्रेस सांसदहरूले नै कमलनाथको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए। ज्योतिरादित्यले पार्टी छोडेसँगै उनीहरूले पनि राजीनामा दिएपछि कमलनाथको सरकार अल्पमतमा पर्नेछ। प्रदेश सरकार अल्पमतमा पर्ने देखे पछि मंगलबार साँझ भाजपाको प्रदेश कमिटीको बैठक बस्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial