धरानमा ग्यासको अभाव,जनताको मनमा भने कोरोना भाइरसको त्रास ।

समाचार डेस्क/ यति बेला धरानमा खाना पकाउने ग्यासको अभाव खडकेको छ। कोरोना भाइरसले संसार भरी त्रास पैदा गरिरहेको बेला धरानका सर्वसाधारणमा ग्यासको अभावलाई पनि भाइरससंग जोडेर बुझ्न थालेका छन्। धेरै समय अघि देखी अभाव भएको ग्यास मंगलबार आउँदैछ भन्ने सुने पछि सोमवार धरान–१२ चतरा लाईन स्थित ग्यास डिलरको घर देखी खाली ग्यासको सिलिण्डर सडकमा निकै लामो लाइन लगाएर उपभोक्ताहरु लाइनमा बसेको देखिए।

उपभोक्ताहरु ग्यासको पर्खाइमा।

कोशी ग्यासका डिलर शुभम सप्लायर्सका अगाडि खाली ग्यासको सिलिण्डर लाइन लागेका उपभोक्ताहरुमा कोरोनाका कारणले ग्यास नआएको हो कि भनेर शंका उब्जेको पाइयो । उनिहरु दिनभरी पर्खिर भएपनि ग्यास लिएरै जाने मनस्थितिमा लाइन लागेर बसेका बुझियो । शुभमका सञ्चालक भोलानाथ बरालका अनुसार मंगलबार कम्पनी बाट आउने ग्यास सिलिण्डरको संख्या कुल २७० वटा हुने बताउँदै त्यस मध्ये ५० सिलिण्डर वीपी प्रतिष्ठानका लागि छुट्याउनु पर्ने बताएका थिए । उनको भनाई ‘बाँकी रहेको ग्यास लाइनमा बसेकाहरु लाई विक्री हुनेछ, पुग्न पनि सक्छ न पुग्न पनि सक्छ।’ उता सिलिण्डरको लाइन भने थपिँदै गएको अवस्था छ

यसअघि सहज रुपमा बितरण भैरहेको ग्यास कोरोना भाइरसको देशव्यापी त्रास फैलिएको बेला एकाएक अभाव हुनु सर्वसाधारण देखी व्यवसायीहरुमा अब धेरै नै अभाव हुने देखिन्छ ।

यसअघि ग्यासको नियमित आपूर्ति गर्दै आएको ग्यास उद्योगले आपूर्तिमा के कारणले ढिलाई गरेको हो भन्ने बारेमा सरोकारवाला निकायले अनुगम गर्न जरुरी देखिनछ । उद्योगले आपूर्तिमा नियन्त्रण नगरे सम्म डिलरहरुले भएका ग्यासको सिलिण्डर धेरै समय सम्म लुकाउन वा कालोबजारी गर्ने सम्भावना भने काहीँ कतै देखिन्न ।


उता भारतमा पनि कोरोनाको त्रास बढेकाले नेपाल–भारत सिमा क्षेत्रमा आवत जावतमा भारतीय सरकारले कडाई गरेको समाचारहरु आइरहेका छन् । यसबाट पनि सर्वसधारणमा भारत बाटा आउने उपभोग्य वस्तुको अभाव हुने हो कि भन्ने आशंका बढेको छ । व्यवसायीहरु बाट कृतिम अभाव गराउने सम्भावना र उपभोक्तामा उत्पन्न आशंक लाई बेलैमा निवारण गर्ने दायीत्व अहिले स्थानिय सरकारको काँधमा आइपरेको छ । सरकारले उपभोग्य वस्तु लगायत आवश्यकी कुराहरुको अभाव नहुने दाबी गर्दै आएतापनि बजार लाई सहज र नियमित गराउने कुरामा स्थानिय सरकार उपमहानगरपालिकाले प्रभावकारी भूमिका खेल्न अवश्यक छ।अहिलेको अवस्थामा बजार अनुगमन गर्ने अति आवश्यक देखिन्छ भने यस कारणले गर्द्दा नेपालको अर्थ तन्त्रमा ठुलै क्षति पुग्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial