हामीले हाम्रो मुद्दा बिर्सेको छैनौ-लिम्बू।

राजपाको भातृ संगठन राष्ट्रिय युवा संघको प्रदेश न.०१का संयोजक श्री रोशन लिम्बु ज्यु उहासंग हामी समसामयिक राजनैतिक बहस साथै पार्टीको गतिविधि बारे छोटो कुराकानी गर्ने छौ।प्रगतिशील बहसका पत्रकार अबिन मेयाङ्बोले गर्नु भएको कुराकानीको छोटो अंश:

१.अहिले तपाइँ केमा व्यस्त हुनुहुन्छ ?
-अहिले म युवा संगठन बिस्तारमै व्यस्त छु।विभिन्न जिल्लाहरु अनि नगरपालिका,गाउँपालीका,वार्ड तिरै साथीभाइसंग भेटघाट अनि संगठनमा ब्यस्त छु।साथै आफ्नो केही व्यावसाहरु छ,त्यही व्यावसायलाइबपनि व्यापक बनाउन व्यस्त छु।

रोशन लिम्बू युवा संंघ प्रदेश न.०१ संयोजक

२.तपाइँ राष्ट्रिय युवा संघको प्रदेश न.०१ संयोजक भए पश्चात के-के गर्नु भयो?
-म प्रदेश न.०१को युवा संयोजक भएपछि प्र.न.०१न राजपामा आबद्ध जति पनि युवाहरू छन,उनीहरूलाई समेट्ने प्रयासरत छु।हाम्रो पार्टी प्र.न.०१मा हिजोको दिनमा अलिक कम्जोर देखिएको थियो।अहिले म निरन्तर त्यसलाई नै बलशाली बनाउन प्रयासरत छु र केही जिल्ला,नगर,गाउँपालिकाहरुमा मजबुत पनि भइसकेको अवस्था छ।निरन्तर त्यही अभियानमा छु।

३.तपाइको संगठनको क्रियाकलाप काहीँ कतै देखिदैन नि?
-राजपा हाम्रो पार्टी/संगठनको क्रियाकलाप काहीँ कतै नदेखिनुको प्रमुख कारण हामी हाम्रो कार्यक्रमहरु मिडियाबाजि/प्रचारबाजि गर्दैनौं र अर्को कुरा हामी काममा बिश्वास राख्छौ ना कि होहल्ला।तर हाम्रो संगठनको क्रियाकलाप भित्रभित्रै भइ रहेको छ।हाम्रो पार्टीलाई हामीले भित्रभित्रै मजबुत पनि बनाएको छौ।

४.अनि राजपा र समाजबादी एकता हुने कुरा छ नि?कहाँ पुग्ययो त एकताको कुरा?
-राजपा र समाजबादीको एकताको कुरा चलिरहेको छ।केही सैधान्तिक/बैचारिक कुरामा अड्किरहेको छ।पार्टी सरकारमा नजाने भए पछि समाजबादीसंग एकताको कुरा सहज भएको छ।एकता ढिलो हुनसक्छ तर एकता अवस्य हुन्छ र अहिलेको समयको माग पनि यहि छ।

पत्रकार अबिन लिम्बू र नेता रोशन लिम्बु

५.तपाइको पार्टीलाई त मधेसी दल पनि भन्छन नि?तपाइलाइ कस्तो लाग्छ?
-(हास्दै उत्तर दिनुभयो)मेरो पार्टीलाई मधेसी पार्टी भन्दा मलाइ खुशी लाग्छ।किन किन कसैले भारतीय पार्टी त भनेको छैनन त।मधेसको आन्दोलनबाट निर्माण भएकोले गर्दा पनि मधेसी दल भन्नू स्वभाबिक हो।तर अहिले राजपा मधेस भन्दा बाहिर निस्किएर सबै नेपालीको साझा पार्टी बन्न केन्द्रित भएको छ।मेरो पार्टीलाई कसैले मधेसी दल भन्छ भने म गुनासो चाहिँ गर्दिन तर उहाहरुले त्यति नै बुझ्नुभएको रहेछ भनेर पनि बुझ्छु अनि उहाँहरुको चेतनास्तरलाई अलिक फराकिलो बनाउने प्रयास गर्ने छु।

६.अन्त्यमा,आफ्नो कुरा छोटो रूपमा राखिदिनुहोला?
-राजपा पार्टी हिमाल, पहाड, तराई, आदिवासी-जनजाति, पिछडिएका,पहिचान,अस्तित्व,संघीयताको मुद्दा लिएर निरन्तर संघर्षरत छ।हामी आदिवासी-जनजाति, पिछडिएका, पहिचान, अस्तित्व,संघीयताको लागि सडक देखि सदन सम्मै लड्ने छौ,त्यसको लागि जनताहरुको पनि निक्कै महत्त्वपूर्ण भुमिका रहन्छ।अन्त्यमा,सबै पहिचानबादी,संघीयबादीहरु एक ढिक्का हुन आवस्यक छ।त्यसैले एकताको लागि पहल गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial