कोरोना भाइरस सम्बन्धि दमक मै पहिलो पटक हेल्प डेस्क स्थापना।

अबिन मेयाङ्बो,दमक /  विश्वभरी नै स्वास्थ्यको चुनौति बनेको कोरोनाको संक्रमणको बारेमा नागरिकमा बिभिन्न खाले आशंका उत्पन्न भएको भन्दै एडभान्स अस्पतालले हेल्प डेस्क स्थापना गरेको अस्पताल सञ्चालक चैतन्य बरालले जानकारी  दिनुभयो ।

एडभान्स अस्पतालमा कोरोना भाइरस सम्बन्धि हेल्प डेस्क

अस्पताल परिसरमा स्थापना गरिएको हेल्प डेस्कबाट कोरोना संक्रमणको बारेमा सहि जानकारी र शरिरको तापक्रम जाँच गरिने अस्पतालका सहायक मेडिकल सुपरिटेन्डेन डाक्टर अनिल थापाले बताए  ।

कोरोनको बिषयमा बास्तविकता भन्दा धेरै हल्लाले जनमानस त्रासित  भएको भन्दै डाक्टर थापाले हेल्प डेस्कमा दक्ष स्वाथ्यकर्मिबाट कोरोनाको बारेमा सहि जानकारीका दिनुका साथै जानकारी मुलक पर्चा वितरण गरिने बताए।

कसैलाई कोरोनाको आशंका भएमा अथवा लक्षण देखिएमा तत्काल सरकारी अधिकारीलाई जानकारी गराई उपचारको व्यवस्था मिलाई दिने पनि एडभान्स अस्पतालका सहायक मेडिकल सुपरिटेन्डेन डाक्टर थापाले बताए ।

भाईरसको जोखिम रोक्न सरसफाईमा ध्यान दिन र हल्लाको पछि नलाग्न उहाँले सबैलाई आग्रह समेत गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial