
धरान: धरान १० निवासी २६ बर्षीय दिपेश सुब्बालाई ब्राउन सुगर सहित धर्मपथ चोकमा पक्राउ गरेको इलाका प्रहरी कार्यलय धरानले जानकारी दिएको छ । उनको साथबाट ४ ग्राम ब्राउन सुगर र २० हजारु रुपैया पनि वरामद भएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
साथै उनको एक थान मोवाइल पनि वरामद भएको प्रहरीले जनाएको छ । धर्मपथमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा उनलाई प्रहरीले चेकजाँच गर्दा गोजीमा प्लाष्टिकले पोको पारेर लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।