प्रेश स्वतन्त्रताको नाममा भएको छाडा तन्त्रलाइ नियन्त्रण गर्नुपर्छ-नेपाल।

काठमाडौँ — नेकपा नेता माधवकुमार नेपालले सरकारले प्रेस स्वतन्त्रतालाई खोस्न हैन तर यश भित्रका छाडापनलाई मात्र नियन्त्रण गर्न खोजेको बताएका छन्। रौतहटमा आयोजित एक कार्यक्रममा बाेल्दै उनले प्रेस स्वतन्त्रताका नाममा छाडापनलाई बढावा दिन नहुने बताए ।

माधब कु.नेपाल।

राैतहट टाइम्सकाे २२औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालकाे लोकतान्त्रिक वातावरणले सञ्चार क्षेत्र धेरै विकसित भएको उल्लेख गर्दै अनुमानका भरमा समाचार नलेखी सत्य तथ्यलाई प्राथमिकता दिन आग्रह गरे।

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रता भनेर प्रष्टसँग लेखेको भएपनि पछिल्लो समय बनेका केही कानुनहरुले त्यसमा क्षति पुगेको बताए। उनले राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारितालाई नियन्त्रण गर्नुभन्दा पनि पूर्ण स्वतन्त्रता प्रदान गर्न भूमिका खेल्न आग्रह गरे।

कार्यक्रममा पत्रकार महासंघ नेपालका अध्यक्ष गोविन्द आचार्य लगायतले सरकारले अघि सारेका केही विधेयकहरुले प्रेसलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोजिएकोले सच्याउन आग्रह गरे । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि सम्मानित गरिएको थियाेे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial