चक्रको युग चक्र बिमोचन।

पारिवारिक फोटो।

अबिन मेयाङ्बो, धरान स्थित होटल स्टार पुर्वीको सभा हलमा आज “चक्रको युग चक्र” नामक एक किताबको बिमोचन सम्पन्न भएको छ।उक्त कार्यक्रम चक्रबहादुर पालुङ्वा फाउन्डेसनले आयोजना गरेको थियो।उक्त कार्यक्रमका सभापतित्व डा.योगेन्द्र पालुङवा,फाउन्डेसनका अध्यक्षले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिब बिरेन्द्र पालुङ्वा र सदस्य मोहन श्रेष्ठले गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि  निवर्तमान प्रदेश न.०१प्रमुख  प्रा.डा.गोबिन्द तुम्बाहाम्फे(सुब्बा)ले गरेका थिए।कार्यक्रमका बिशिस्ट अतिथि बिष्णुमाया पातङ्वा(पालुङवा)ले गरेका थिए।

बिमोचन कार्यक्रम ।

किताब र लेखका बारे

यो पुस्तक स्व.चक्रबहादुर पालुङवाले लेखेका हुन।यो पुस्तक आज भन्दा १ बर्ष अगाडि नै उहाको जन्मजयन्तीको अवसरमा प्रकाशित गर्ने योजना रहेको लेखकको कान्छा छोरा बिरेन्द्र पालुङवाले बताए ।तर उहाको जन्मजयन्ती भन्दा ठिक १ महिना अघि माघ २५ गते स्वर्गरहण हुनु भयो।अब फेरि कुन अवसरमा बिमोचन गर्ने भनेर हामी  फाउन्डेसनका सदस्यहरु मिलेर सल्लाह गर्दा उहाको ८६ औ जन्म जयन्तीमा बिमोचन गरौ भनेर निचोड निकाल्यौ।तर पनि खुशीको कुरा त यो फाउन्डेसन उहाँ जिवित हुँदै हामीले संचालन गरेको थियौ।यश संस्था मार्फत हामीले उहाको ८६औ जन्म जयन्तीको अवसर पारेर आज फाल्गुन २५ गते बिमोचन गरेका छौ।यश किताब भित्र धर्म,संस्कार-संस्कृति जिबनी इतिहास आदि इत्यादि जस्तो कुराहरु समेट्नु भएको छ।यश किताब भित्र उहाले आफ्नो जन्म भन्दा पनि अघी उहाको बाजे हाम्रो जिजुबाजे बैधार धनपाल  देखि यताको कुरा पनि समेट्नु भएको छ।त्यो सब कुरा चाहिँ उहाले आफ्ना-आफन्त संग सोधी खोजी गरेर लेख्नु भएको रहेछ।यश किताबमा हाम्रो परिवार भित्रको छुट्टै बंशवली समेत उतारिएको छ।यश किताबबाट लिम्बुको संस्कार-संस्कृति,भाषा,धर्म इतिहास बिषयमा धेरै बुझ्न सकिने बिरेन्द्र पालुङवाले बताउनु भयो।

लेखकका धर्म पत्नी।

लेखक स्व.चक्रबहादुर पालुङवाको जन्म बि.स१९९१ फाल्गुन २५ गते भएको थियो।लिम्बू संस्कार-संस्कृति अनुसार छोरा जन्मेको  ४ दिनमा न्वारान गर्ने गरिएको हुदा त्यस दिन उनको नाम पुजारीले चक्रबहादुर जुरायो।

सभापति डा.योगेन्द्र पालुङवा

बोल्ने क्रममा हर्ष सुब्बा वरिष्ठ पत्रकारले  दुखेसो पोख्दै भने लिम्बु समुदायमा लेख्ने अभ्यास इतिहासकाल देखि नै थियो तर पछिल्लो समय किताबहरु लेख्ने भन्दा घरहरु ठुलो बनाउन थाले लिम्बुहरुले।अन्य अतिथिहरुले पनि किताबको समिक्षा गरेका थिए भने अतिथिहरुलाई मायाको चिनो लगायत अन्य उपस्थित सबैलाई १ प्रती किताब दिएको थियो। अन्त्यमा,स्व.चक्रबहादुर पालुङवाका धर्मपत्नी बिष्णुमाया पताङ्वा बिशिस्ट अतिथिले धन्यवाद दिए र सभापतिले कार्यक्रमको समापन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial