भुमाफियाको ८४ बिघा जग्गा बिप्लबले गर्यो कब्जा।

महासचिव बिप्लब

समाचार डेस्क, चितवन । सरकारले विप्लव नेतृत्वको नेकपा माउबादीलाई पूर्णरुपले आफ्नो नियन्तरण भित्र ल्याएको दाबी गर्दै आए पनि उसको गतिविध एक पछि गरि उग्र बन्दै गएको छ । राती चितवन खैरहनी नगरपालीकामा रहेको राजीवराज राजभण्डारीका नाममा रहेको ८४ बिघा जग्गामथि पार्टीले कब्जा गरेको छ ।

मध्य राति कब्जा गरेको घोषण गरेको पार्टीले छाडेको पर्चामा उक्त जग्गामा रहेकोे मर्कण्टाइलको कार्यालय पनि कब्जा गरेको उल्लेख छ । मर्कण्टाईलको कार्यालयमा राति बम विस्फोट भएको थियो ।

पर्चामा जनाइएअनुसार उक्त ८४ बिघा जग्गा जनयुद्धकालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कब्जामा थियो । काठमाडौँ निवासी सामन्त राजीवराज राजभण्डारीले सीधासाधा जनतालाई भ्रममा पारी सस्तो मूल्यमा जग्गा लिएर स्थानीय किसानहरुलाई सुकुमबासी बनाएको आरोप समेत लगाएको छ। उनले त्यहाँ काम गर्ने किसान र श्रमिकलाई न्यून पारिश्रमिक दिएर श्रमको शोषण गर्दै आएका छन् । उक्त जग्गा बिप्लबले कब्जा गरेको र अबदेखि उक्त जग्गा उपभोग नगर्न राजभण्डारीलाई कडा चेतावनीसमेत दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial