शीर्षक -टिका

लेखकको तस्बिर

लेखक: कृशा दहाल

तिम्रो नारित्व झल्काउछ
पसिना सरि निधारलाइ ट्ल्काउछ
तिमिले पाएको ठर
अनि तिमिले गुमाएको ठर
तिमिसङ रहेको भर
अनि तिमिले भोगेको डर
दर्शाउछ त्यस गोलाकार भित्रको रातो रङले

कहिले तिम्रो कठिनाइमा बगेका
पसिनाहरु सङै बग्छ
कहिले खुसिको झरीमा
तिमी सङै भिज्छ
कहले तिम्रो महिनाबारमा
रगत सङै अछुत हुन्छ

तिमिले आखाबाट झारेको
असिमित थोपाहरुमा
उसको अस्तित्व मुर्जाउछ।
तिम्रा फाटेका पोइतालामा
उसको वदन दुख्छ
तिमिले शिर झुकाउदा
उसको मान झुक्छ
तिमिले गरेको त्याग
केवल उसले बुझ्छ
त्यसैले
उ सबै सहेर
तिम्रौ श्रृङ्गारमा लुक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial