टर्कीको सांसदहरु कुटपिटमा उत्रिए पछि।

झगडामै उत्रिएका सांसदहरु

एजेन्सी,अंकारा : टर्कीको सांसद बैठक चलिरहँदा विवाद भएपछि सांसदहरु एक आपसमा कुटपिट गर्न नै उत्रेका छन ।एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको आलोचना गरेपछि विवाद उग्र रूपमा बढेको स्रोतले बताए। प्रतिपक्षी दलका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको आरोप लगाउँदै बिरोध गरेपछि दर्जनौँ सांसदहरु उनलाई कुटपिट गर्न उत्रिएका थिए ।


राष्ट्रपतिको आलोचना गर्ने सांसद एन्जिन ओजकोक रिपब्लिक पिपल्स पार्टीका प्रतिनिधि सभा सांसद हुन् । जसले राष्ट्रपति एर्दोगनलाई सिरियाको इडलिबमा गत साता शहिद भएको  सिपाहीको अपमान गरेको भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए ।सोही झगडाको क्रममा केही सांसदले त कुर्सीमाथि टेकेर मुड्की प्रहार  समेत गरेका थिए । केहीले भने रोक्ने प्रयास गरे भने केही सांसद त हुलमुलमा भुइँमा समेत सुतेका थिए । टर्किस संसदको झगडाको भिडिओ समेत विभिन्न सञ्जालमा भाइरल भएको थियो।

अंकारा राजधानी,टर्की ।

उनले राष्ट्रपतिविरुद्ध लड्न टिर्कस जनताका छोराछोरीलाई पठाइदिन समेत आग्रह गर्दै संसद बैठकमा कडा आलोचना गरेका थिए । संसदका प्रवक्ता मुस्तफा सेन्तोपले ती सांसदको अभिव्यक्तिलाई रोकेका थिए ।टर्कीले २०१८ मा रुससँग सम्झौता गरे अनुरुप सिरियाली फौजलाई सहयोग गर्दैआएको छ । प्रतिपक्षी दलले भने सिरियाली युद्धलाई लिएर सरकारको आलोचना गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial