झापा जिल्लाले भन्यो होलि पर्वमा एकै ठाउँमा भिडभाड नगर्नु।

झापा जिल्ला प्रशासन कार्यलय।

अबिन मेयाङ्बो-  जिल्ला प्रशासन कार्यालय झापाले यस वर्षको होली पर्वको समयमा एकै स्थानमा भीडभाड नगर्न अपिल गरेको छ ।कोरोना भाइरस (कोभिड–१९) को प्रकोप नियन्त्रण गर्न प्रशासनले होली पर्व प्रति नागरिकलाई अपिल गरेको हो ।

प्रशासन कार्यालयले एक सूचना निकालेर आउँदो होली पर्वलाई लक्षित गरी पानीमा नभिज्न, अबिर र लोला हान्ने कार्य नगर्न र एकै ठाउँ भीड नगर्न अनुरोध गरेको छ ।

त्यस्तै जिल्लामा धेरै मानिस जम्मा हुने सभा, समारोह, मेला, गोष्ठी, महोत्सवजस्ता कार्यक्रम नगर्न, शैक्षिक संस्थाहरूलाई धेरै मानिस भेला भएर गरिने वार्षिकोत्सव लगायतका कार्यक्रम नगर्न समेत अनुरोध गरेको छ ।

होलि पर्व।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, मेला, महोत्सव तथा अत्यधिक मानिस भेला हुने कार्यक्रम आयोजना नगर्न सूचना जारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial