होली नमनाउन धरान उपमहानगरपालिकाको आग्रह।

अबिन मेयाङ्बो- धरान उपमहानगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै कोरोना भाइरसबाट उच्च जोखिम भएकोले त्यसलाई रोक्नका लागि पूर्व सतर्कता अपनाएको हो। अत्यावश्यक सेवा बाहेक होली पर्व सहित मेला महोत्सव, समारोह, उत्सव पर्व कार्यक्रम नगर्न वा नगराउन वा कुनै पनि सभा सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन नगर बासीलाइ अनुरोध गरेको छ।
यस अघि विहीवार सुनसरी जिल्ला दैबिक प्रकोप उद्धार समितिको बैठकले पारिवारीक जमघट, भेटघाट बाहेका भेला कार्यक्रम नगर्न निर्णय गरेको उल्लेख गर्दै उपमहानगरपालिकाले उक्त सूचना जारी गरेको हो ।

उपमहानगर धरानको प्रेस बिज्ञापति।

यसअघि प्रदेश सरकार, जिल्ला प्रशासनले समेत सभा,सम्मेलन लगायत सार्वजनिक कार्यक्रमहरु रोक लगाउन आग्रह गरेपछि धरान उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणको जोखि नेपालमा पनि बढेकोले त्यस बाट सुरक्षीत रहन नगर बासीलाइ आव्हान गरेको छ। कोरोना भाइरस संक्रमणको त्रासका कारण सरकारी निकायहरु बाट रोकावटको सूचना जारी भएकाले धरानमा निर्धारत धेरै कार्यक्रमहरु रद्ध भएका छन । यसबाट स्थानिय संघ संस्थाहरु लाई प्रत्यक्ष प्रभाव परेको बताउछन।

यसअघि कोरोना भाइरसका कारण स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीका कारण वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा हुन गईरहेको दिक्षन्त समारोह स्थगीत गरिएको छ ।शनिबार हुने भनिएको दिक्षान्त समारोहको सबै तयारी गरेका अवस्थामा विश्वब्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण दिक्षान्त समारोह स्थगित गर्नुपरेको प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरु खनालले बताए । प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको प्रमुख अतिथियमा समारोह गर्ने तयारी पुरा गरेको थियो ।

नेपालमा महिलाहरुले भव्य रुपमा मनाउदै आएको ८ मार्चमा ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस यसै बाट प्रभावित भएको छ । धरानमा महिला सञ्जालले सदा झै वृहत कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो । सञ्जालले धरानमा बुधबार विज्ञप्ती जारी गर्दैे ८ मार्च फागुन २५ गते भानुचोकमा हुन लागेको कार्यक्रम स्थगित गरिएको जनाएको छ । अध्यक्ष सविता राई, सचिव कोपिला गौतम भटराई र कोषाध्यक्ष लहरुमाया जिमीले जारी विज्ञप्तीमा ८ मार्चको कार्यक्रम आगामी राष्ट्रिय महिला दिवसको दिन मनाउने निर्णय भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial