दमक बालुवाटार जग्गा प्रकरणमा स्थानीय सरकारले खोल्यो मुख।

रोम नाथ ओलि (दमक नगर प्रमुख)

अबिन मेयाङ्बो- दमक नगरको एक कार्यक्रममा बोल्ने क्रममा नगर प्रमुख रोम नाथ ओलिले सरकारी माटो/जमिन आफ्नो नाममा पार्ने प्रयास स्थानीय सरकारलाई कदापि मान्य नहुने बताएका छन। उनले सरकारी माटो/जमिनमा बनाईएका जस्ता सुकै संरचना भत्काईने भन्दै कडा चेतावनी दिएका छन।

उनले दमकको बालुवाटारको जग्गाको बिषयमा जसरी छानविन भइरहेको छ पछि गएर अरु पनि त्यसरी नै छानविन हुनसक्ने बताए।

वडाध्यक्ष प्रजापती सापकोटाको नेतृत्वमा अहिले दमक वरिपरिका सडक सफा गर्ने काम भइरहेको छ। यसरी नै अव सार्वजनिक सरकारी जग्गा हडप्नेहरुलाइ हटाइदै जाने र यसमा सबै नगरबासीहरुको साथ सहयोग गर्ने विश्वास रहेको उनको भनाई थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial