उत्तम नेपाल(मोहित)बचाउन अभियान।

अबिन मेयाङ्बो- झापा जिल्ला दमक न.पा. वडा न. ०८बालुवाटार निवासि बेद प्रसाद नेपालका छोरा अध्ययनका शिलशिलामा हाल जापानमा रहेका मोहित नेपाल विगत केही महिना देखि ब्लड क्यान्सरबाट पिडित भई उपचारार्थ रहेको र निजको उपचारको क्रममा प्रती महिना ५देखि ८लाख एन लाग्ने र २ वर्स हस्पिटल मै बस्नुपर्ने अवस्था सिर्जना भएकोले गर्दा केही दिन देखी दमकमा रहेका पीडितका साथीहरूबाट उत्तम नेपाल(मोहित)बचाउ अभियान सन्चालन गर्दै आएको कुरा अभियानका अभियानताहरु पुलक राई,विशाल सिटौला,निशा पाठक र मेरिना बिकले बताउनु भयो।

उत्तम नेपाल(मोहित)बचाउ अभियान

सबै सामु हात फैलाई सहयोग माग्न उक्त अभियान सन्चालन गर्नुपर्ने बाध्यता रहेको कुरा पिडितको बुवा बेद प्र. नेपालले बताउनुभयो।पीडितका बुवाले रुदै भने “धेरै पैसा लाग्ने भएको डाक्टरहरु बताउछन।हाम्रो घरको आर्थिक स्थिति कम्जोर भएकोले देश तथा बिदेशमा रहेका सबै नेपालीहरुमा सकेसम्म सहयोगको गरि आफ्नो छोरो बचाइदिन अपिल गरेका छन।

दमक भरिका सबै कलेज स्कुल कन्सल्टेन्सी साथै केही सहकारी र अस्ट्रेलियामा रहेका पुजन क्षेत्रीले सन्चालन गर्दै गरेको (Mohit nepal fundraiser)बाट सुरु गरिएको उक्त अभियानमा २ दिनमा करिब ४०००० उठेको कुरा पुलक राई ज्युले जानकारी दिनुभयो। यस्तो अवस्था जोकोहीलाई नआउला भन्न सकिँदैन।कसैको सानो सहयोगले पुनर्जीवन प्राप्त हुन्छ भने कृपया सहयोग गरौ भनी उनले अपिल समेत गरे।

अभियानका अभियानताकर्ताहरुले सहयोगी मनहरुले विभिन्न माध्यमबाट सहयोग गर्न सक्नुहुनेछ र विशेष बैंक खातामा सिद्दै पीडितको खातामा पबि जम्मा गर्न सक्ने जानकारी दिए।

खाताको प्रकार:-
खाता न. 2555750795022001(बेद प्र. नेपाल)
बैंक=Nic Asia
सम्पर्क नम्बरहरु:988-0698540(पिडितको बुवा),9816934843(अभियानकर्ता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial