सशस्त्र प्रहरीले घर घेरेपछि शाहीलाई छाडेर भाग्यो विप्लव समूह

६ पुस, दैलेख । नेकपा विप्लव समूहको अपहरणमा परेका ठाँटीकाँध गाउँपालिका, दैलेखका अध्यक्ष धिरबहादुर शाहीको सशस्त्र प्रहरीले कालीकोटबाट सकुशल उद्दार गरेको छ ।

शाहीलाई शनिबार राति करिब एक बजेतिर घरमा सुतिरहेकै वेला अज्ञात समूहको अपहरण गरेको थियो । लगातार ढोका ढकढक्याएपछि शाहीकी पत्नी श्रीमती इलाले ढोका खोल्ने वित्तिकै १०/१२ जनाको नकावधारी समूह घरमा पसेको थियो ।

Social Share Buttons and Icons powered by Ultimatelysocial