नेकपालाई अमेरिकाले भन्यो : एमसीसी इण्डो प्यासिफिकको अंग होइन पुष्टि गर

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) इण्डो प्यासिफिक रणनीतिको अंग होइन भनी अमेरिकाले पुष्टि गर्नुपर्ने निर्णय गरेको छ । आइतबार सकिएको नेकपा स्थायी कमिटीको बैठकले यसबारे अमेरिकासँग सम्वाद गर्न सरकारलाई आग्रह गरेको छ ।

बिहीबारदेखि बसेको बैठकमा नेताहरुले एमसीसी इण्डो प्यासिफिक रणनीति अंग भएको आशंका गरेका थिए । यदि होइन भने पनि संसदमा पेश भएको सम्झौता परिमार्जन गरेर मात्र अनुमोदन गर्न सकिने नेताहरुको मत थियो ।

बैठकले केन्द्रीय कमिटीको बैठक पुस २३ गते बोलाउने निर्णय गरेको छ । स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहिहत पारित गरेको छ ।

महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव भने केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी बैठकले महाकालीको मूल लिम्पियाधुरा रहेको भन्दै लिम्पियाधुरासहित लिपुलेक र कालापानी नेपालको भूभाग रहेको भन्दै भारतले एकपक्षीय रुपमा निर्णय गरेर सार्वजनिक गरेको नक्सालाई अस्वीकार र अमान्य घोषणा गरेको छ ।

नेपाली भूभागबाट भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविरहरु हटाउनका सरकारले गरेको पहल र तयारीलाई स्वागत गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकपछि नेता भीम रावलले भने, ‘अमेरिकी सरकारले यो इण्डो प्यासिफिकको अंग होइन भन्ने प्रष्ट गर्नुपर्छ । र, यससम्बन्धमा प्रधानमन्त्री र सचिवालयका सदस्यहरु बसेर स्पष्ट भएपछि मात्र संसदबाट अनुमोदन हुनसक्छ ।’

Quisque massa mauris, imperdiet in nisl vitae, mollis faucibus enim. Suspendisse mollis tempus enim, id tincidunt velit lacinia eget. Nam tincidunt lorem sit amet malesuada aliquet. Morbi pellentesque pharetra turpis vel mattis. Proin vulputate aliquet tincidunt. Nulla sed urna consequat, aliquam diam in, congue metus. Nullam sit amet aliquam orci.

Donec lorem metus, pulvinar sit amet augue ut, tristique euismod neque. Nullam vitae hendrerit tellus, sit amet maximus lorem. Praesent commodo orci ut venenatis dictum. Pellentesque odio quam, rutrum a mi sed, aliquet ullamcorper ipsum. Phasellus bibendum elit ligula, sed placerat diam hendrerit non. Suspendisse commodo tempus leo at congue. Curabitur aliquet efficitur nisi, eu dignissim dui consectetur vitae. Aenean eget magna quis est tincidunt maximus. Nunc non metus vitae sem imperdiet scelerisque. Aenean egestas euismod ante, id congue ligula egestas sed. Quisque eros enim, dignissim non efficitur posuere, viverra in velit. Aliquam ac pretium sem. Suspendisse fringilla mattis orci in consequat. Mauris quis nulla sed dui volutpat semper eget at neque.

Social Share Buttons and Icons powered by Ultimatelysocial